Posts

धौलागिरि

  १ बिहान उठेर यस्सो उत्तरतिर फर्किदा माछापुच्छ्रे र अन्नपूर्ण लस्करै हाँसे जस्तो लाग्छ ।त्यसैले त मलाई हिमाल नेपालको पर्यायवाची शब्द हो जस्तो लाग्छ भने माछापुच्छ्रे हिमालको पर्यायवाची । त्यै माछापुच्छ्रेको बारेमा माछापुच्छ्रे कविता पनि लेखे ।त्यसैले हिमाल चुच्चै हुन्छन् भन्ने पनि पर्‍यो ।घरबाट नदेखिने तर स्कुल जाँदा दुलेगौँडा जाँदा पुल्चोकबाट १९३ सिँढी उक्लिएपछि आंशिक र २०७ सिँढि उक्लिएपछि पुरै  पर पश्चिममा देखिने मान्छेको टाउको जस्तो हिमाल थियो धौलागिरि यो हिमाल हाम्रोमा देखिने अरु हिमालको भन्दा आकार फरक त देखियो पछि पढ्दा थाह भयो यो त यस क्षेत्रकै अग्लो पनि रहेछ । मलाई धौलागिरि जस्तै हेर्दा नदेखिने तर वास्तवमा अरु भन्दा अग्लो हुनु जीवनको प्रगति हो जस्तो लाग्यो ।    एस एल सी पछि पोखरा जानु, पि एन क्याम्पस पढ्नु, जागिर खानु आफ्नो खर्च आफै धान्नु मनको अन्तस्करणमा कोरिएका सरल बाटाहरू  थिए । त्यो बाटोको मुख्य पथप्रदर्शक र उत्प्रेरक काकाकाकी नै हुनुहुन्थ्यो। जे होस् पोखरा गए, जागिर खोजे, मैले जागिर पाइन।  जागिरले मलाई पाएन । जागिर नै न...

साथिको बारेमा

  शनिवार विहानै कन्तिपुरको कोसेलीको पहिलै पृष्ठमा फ्रेण्डसिप डे मा बुद्धिसागरको नयाँ   उपन्यास " फिरफिरे " साथीलाई असल उपहार हुनसक्छ भन्ने विज्ञापन देखे । नेपाली पाठकमाझ बुद्धिसागरको नाम कसैले लिएन भने उसलाइ नेपाली साहित्यको पाठक हो नभन्दा पनि फरक नपर्ला । झन   आम लेखकको आफ्नो पहिलो कृतिको तुलनामा पछिल्लो कृतिको स्वाद खस्किरहेको वर्तमान सन्दर्भमा उनको दमदार उपस्थितिले साहित्यका पाठकलाई प्रभाव नपार्ने कुरै भएन । उनको फिरफिरे   उपन्यास का पात्रहरु वसन्त र पवनको मित्रता झन उदाहरणिय   छ । फ्रेण्डसिप डे अलि अस्तिनै फेसबुकका सस्थापक तथा सि ई ‌ ओ मार्क जुकर्वगले फेब्रूवरी ४ लाई   फ्रेण्डसिप डे   मनाऔं भने जस्तो लागेको थियो । भलै कार्डका व्यापारी हलमार्कले सन् १९१९तिरै मनाउन शुरु गरेका रहेछन भने १९३०मा जोसे हलले अगस्तको पहिलो आइतवारलाई फ्रेण्डसिप डेका रुपमा मनाउने प्रचलन थालेका रहेछन् । विभिन्न देशले विभिन्न मितिमा फ्रेण्डसिप डे मनाउने कुरा पनि कान्तिपुरको विज्ञापनको कारणले अवगत गरायो । कुरो कसले कसरी कहिले मनाउन थाल्यो भन्दा पनि   ग्लोबलाईजेसनको ...

“घरज्वाईंलाई हैन आफ्नो सदस्यलाई प्रश्रय दिऔं”

  ज्वाईं साहेब खाना- १६५ मित ज्वाईं खाना -२५५ भाञ्जी ज्वाईं खाना-२९५ छोरी ज्वाईं खाना ३२५ बहिनी ज्वाईं खाना ३३५ ज्वाईं राजा खाना- ४३५ अलिक अगाडि फेसबुकमा एउटा तस्बिर सेयर भएको थियो ज्वाई खाना भन्ने । नितान्त व्यापारिक प्रयोजनको लागि गरिएको त्यो विज्ञापनले स्वभाविक रुपमा ग्राहकहरुलाई आकर्षण गरेकै कारण समाजिक सञ्जालमा पनि धेरैको चासोको विषय बन्न पुग्यो । नेपालका सबै जातजातिको त हैन तर राज्यको केन्द्रीय तहमा बाहुल्य रहेको जातिको साँस्कृतिक अवस्थालाई प्रतिनिधित्व गरेर त्यो रेस्टुराँमा खानाको मेनु तयार पारेको देखियो ।विभिन्न ६ प्रकारका ज्वाईँलाई विभाजन गरि त्यहि किसिमका मुल्य र भेराईटी राख्ने व्यापारिक पोलिसीलाई गज्जब मान्नुपर्छ । बाहुन क्षत्री समुदायमा ज्वाई शब्द छोरी या बहिनीको श्रीमान् मात्रैसंग सम्बन्धित छैन, समाजमा रवाफिताको अनुपम नमुना पनि हो । ज्वाईले ससुरालीमा देखाउने रवाफ र ससुरालीले ज्वाईलाई गर्ने सम्मान अलि आडम्बर युक्त र ढोंगी पनि हो भलै यो प्रचलन हिजोआज कमै मात्र देख्न पाईन्छ ।  हाम्रो समाजमा आँफू दुःखी भएपनि पाहुना आएका ज्वाईँलाई मिठो मसिनो खुवाउने अनि अत्यन्तै मान सम...

ऐंठे सिक्री !!

Image
यसपाली भने गज्जबै गर्यो कोरोनाले । तिमीलाई माइत नजान कुनैपनि बाहना पार्नु परेन,, अझ पालो भन्दा पहिल्यै तिमी पर सर्नुपनि परेन । माइतीबाट आएको फोनको भाइब्रेसनले फोन भन्दा बढी तिमी भित्रको मन थर्किएको पनि त महशुस गरेको थिए नि मैले ! अनि हिजैमात्र नगरपालिकाले जारी गरेको निषेधाज्ञाको बारेमा थाह पाएपछि गह्रुङ्गो घाँसको भारी बोकेर अप्ठेरो बाटो कटिसकेपछि भेटिएको विसौनीमा फ्यात्त फालेपछिको आनन्द जस्तै हलुका महशुसको अनुभव पनि गरेकै हो । अरुले देख्दा माइत जान नपाएर विरक्तिएको अनुहारभित्रको यथार्थता मैले बाहेक अरु कसले बुझ्छ होला र ? आठ वर्षमा बिहेको वर्ष बाहेक अन्य तिजमा एकपटक पनि माइत नजानुमा २ वर्ष मात्रै त हो वास्तविक कारण परेको । त्यहिँ वर्ष पनि त्यहि सिक्रीको सोधनी नभएको भए, तिमीले वास्तविक जवाफ नदिएर कुरा मिलाउन जानेको भए तिमीलाई हरेक तिजमा माईतीको आँगनमा गएर नाच्ने रहरलाई पक्कै मार्नुपर्दैनथ्यो । तिम्रा यि इच्छा मार्नुपर्ने कुनै कारण देख्दिन भने पनि मुख्य कारण त म नै थिए नि ! विदेशमा धेरै कमाउनेको प्रस्ताव आउदा तिमीले विदेश जानेसंग विहे नगर्ने भनेकै कारणले त   प्राइभेट...

आधा बाटो पढेपछि

  प्रिय शिव सर ,नमस्कार   !! आराम रहि आरमताको कामना गर्दछु । पुस्तक पढ्नु ज्ञानको दायरा फराकिलो पार्नु नै हो । कतिपय अवस्थामा ज्ञानको दायरा फुक्दै फुक्दै गएर भावनाको पर्खालमा पुगेपछि   ठोकिएर चकनाचुर हुदो रहेछ । ज्ञानका कण कणहरुलाई भावनाका वेगहरुले हुत्याउदै तैराउदै लगेपछि जिन्दगीको पहाडमा ठोकिएर   बर्षिदा   रहेछन् । यसैगरी जिन्दगीको जीवनचक्र चलिरहेको पो हो कि ? दुनियाँ पुस्तक दिने दिनको बारेमा झण्डै बेखबर रहदा थुप्रै पुस्तक उपहार प्राप्त गर्ने भाग्यमानी म पनि हु । उपहार पाएपछि पहिलो काम हुन्छ फेसबुकमा अपलोड गर्ने । पुस्तक मात्रै हैन जुनसुकै कुरा पनि प्रदर्शनी गर्नको लागि एउटा माध्यम बनेको छ सामाजिक सञ्जाल । हुन त सामाजिक सञ्जालमा कतिपय मान्छेका आफ्ना व्यक्तिगत गोपनियताहरु छताछुल्ल पनि परेका छन् कतिपय मान्छेका भावनाहरु बगेका छन् कतिपय मान्छेलाई त्यही भावनाले नै बगाएका छन् । यसलाई कसरी र कुन रुपमा प्रयोग गर्ने भन्नेकुरा आफुमा निहित पनि त हुन्छ । दुःख हरेक मनव जीवनको पर्‍यायवाची शब्द हो भले सबैका दुःखका प्रकार आ-आफ्ना हुन्छन् । सबैका दुःखका आ-आफ्नै परिभाष...

गिफ्ट

गिफ्ट ल हेर, उसले सरकारी जागिर खाइसक्यो तँ यहाँ रल्लिएर बस्,  कही नभएको कुलङ्गार ⁄ एकाबिहानै बाउले मेरैे दमाले साथी दिपकले नासुको लिखितमा नाम निकालेको प्रति  इङगित गर्दै  मलाइ हकारे । केटो मिहेनेती हो, म पनि उस्तै त थिए नि ⁄ बाउले हप्काउदा मलाइ पैसा कमाएर देखाउने भुत चढ्यो । पुगे दमौली र पासपोर्ट बनाइ काडमाडौं गएर म्यानपावर कम्पनीलाइ बुझाएर अाँए। हामी संगै स्कुल गयौ एक देखी दश कक्षा सम्म मध्यम विद्यार्थी नै रह्यौ । कुनै कुरामा पनि उ र म छुट्टिदैनथ्यौ । विदाको दिन गोरु बाख्रा चराउन जादा होस् या बाड्डे खोलामा पौडी खेल्दा, हामीलाइ अरुले एक्लै देख्दैनथे । उ लुरे भएपनि मेरो आडमा कसैसंग पनि डराउदैनथ्यो अरुसंग झगडा गर्न समेत उ अगाडी सर्थ्यो । सामान्य ज्ञान पढ्न, अरुसंग वादविवाद गर्न सधै रुचाउने उसलाइ घरमा भने वाउले कोर्सबुक बाहेक अरु किताब पढेको देखेमा पिसाब छाड्ने बेलासम्म पिट्थे । त्यसैले सरहरुसंग मागेका कसैले दिएका सामान्य ज्ञानका किताबहरु  मसंगै हुन्थे । सेकेन्ड डिभिजनमा एस. एल. सी. पास गरपछि भने उ आफैं काम गर्दै पढ्ने योजना बोकेर पोखरातिर गयो । म भने घरमा बसेर काम ...

समय

Image
दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के गर्नु ! परिवार पाल्नै प र्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो । एक दिन एउटा लाहुरे आयो । कालो चस्मा , टि सर्ट र जिन्सपाईन्ट लगाएको , गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले  मान्छेकोभन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने ठाँउ र  मो...