धोबी चरी (गजल)

 June 16, 2013

धोवी चरी




मिर्मिरेको आँगनीमा धोबी चरी गाउन थाली,
 चिरबिर चिरबिर भाका फेरी गाउन थाली ।

लालिमाले पोतिएको पूर्वी क्षितिज पर ,
समानान्तर आकाशमा नाच्दै फेरि गाउन थाली ।

मगमग पाजिातको मदहोसी पवनले,
लठ्ठिएर सुरताल फेरि फेरि गाउन थाली ।

वसन्तको पल्लव भित्र लुकामारी खेल्दै,
हराएको मेरो मन चोरी चोरी गाउन थाली ।

रुमल्दिै थियो मुक्ति झम्के बिहानीमा ,
उमङ्ग र उल्लासको बर्षा छरी गाउन थाली ।

Comments

Popular posts from this blog

ऐंठे सिक्री !!

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

धौलागिरि