j une 19, 2013 आज नेपाल बन्द छ । खै कहाँ हो < कसले हो कसलाई , खै कुन्नी के वाहनामा , खै कुन्नी के भएर, खै कसरी कुन्नी के ग¥यो अरे आज नेपाल बन्द छ । खै कसको < खै के नामको < खै कुन सिद्धान्तको < खै कुन वर्गको < कुन्नी कुन राजनितिक पार्टीको, खै कहिलेदेखीको < एउटा कार्यकर्तालाई, दिन दहाडै सडकमा, मान्छे मार्दै गर्दा पूलिसले समात्यो अरे उसलाई किन समातियो < पार्टीको माग छ , आज नेपाल बन्द छ , मर्ने त अर्को पार्टीको थियो , उ हाम्रो हो , किन समातियो < हामीमाथी किन षड्यन्त्र < छानविन समिति गठन हुनुप¥यो , उसमाथीको विल्ला खारेजी अनि हााम्रो कार्यकर्ता समाउनेलाई मृत्यूदण्डकै सजाँय त्योपनि हामीबाटै । यही हाम्रो माग छ । आज नेपाल बन्द छ । खै कहाँ हो < यही दशगजाभित्रै, मेची महाकालीभित्रै, लुटेरा र तस्करविच झडप भो रे दोहोरो तस्कर भो रे ठहरै , हाम्रो घोर आपत्ती छ । आज नेपाल बन्द छ । यहाँ ज्यानको सवाल छ , तस्करी पेशाको सवाल छ । राज्यले सुरक्षा दिन सकेन , यही हा...