नास्तिक (कविता)

 July 25, 2013



तिमी भजनको नाममा
लाल चुनरी गाउछौ ,
कृष्ण र राधाको प्रेम कथा घोक्छौ ,
गाँउका प्रेमीलाई डाँडो कटाउछौ ,
सांसरिक जिवनबाट मुक्ति खोज्छौ ।
तृष्णा पुर्ति गर्न मन्दिर धाउछौ ,
अहंकारले निर्लिप्त भएर
मन्दिर पस्छौ ।
उसको सर्वनास होस ,
मेरो फलिफाप होस,
आग्रह  गर्छौ भगवानसंग !
भाकल गर्छौ देउतालाई
निर्दोष पशुलाई फाँसी दिन्छौ ।
कोहि मरेको खुसीयाली मनाउछौ ,
मलाई नास्तिकको बिल्ला भिराउछौ ।
ए !!!!
बुज्रुकहरु हो !
तिमी लौकिक र अलौकिक भन्छौ ,
भौतिक र अभौतिकको कुरा गर्छौ  ,
पाप र पुण्यको मन्त्र जप्छौ ,
अनि
आस्तिक र नास्तिकको लेप घस्छौ ।
नैतिकता र मानवियताको दोहोलो काढी .
असाह्यलाई लात मार्छौ ।
रोगीलाई पापी भन्छौ ।
तिमीभित्रको रोग
कसले जान्ने ?
अमुक जिवको वलि दिएर
कमजोरको घाटी थिचेर ,
शक्तिमानको पूजा गर्छौ ।
अनि भन्छौ अलौकीक सुखका लागी
मैले पुज्ने देउताका लागी !

तिम्रो त्यो कलात्मक पत्थर
सिङ्गमर्मरको भित्तोमा सजाउछौ ।
त्यो कुद्ने शिल्पकार ,
अछुत मान्छौ ।
पत्थर पुज्छौ ,
मानिसको अपमान गर्छौ ।
तिम्रा व्यापारिक कम्प्लेक्स भित्र
देउताका नाममा सौदाबाजी गर्छौ
आफ्नो पाखण्डपन पर्दशन गर्छौ ।


ए !!!! पाखण्डी हो ।
मलाई भौतिकवादी भन्नेहरु !
हेर तिम्रो आलीशान  महल
तिम्रो गाडी हेर !
तिमीले लगाउने नानाथरी पत्थर ,
तिम्रो व्यापारीक कम्प्लेस
जहाँ तिमि भगवान संग
सौदाबाजी गर्छौ ।
के ति सबै आध्यात्मिक हुन ?

तिम्रो भगवानलाई खुशी पार्न
गरिएको सौदाबाजीमा
घृणित आकङ्क्षा पाल्छौ ।
तृप्तिको तृक्ष्णा बोकेर 
निर्दोष पशुपक्षी मार्छौ
अनि भन्छौ !
म त पुन्य कमाउने मान्छे ।
तिमीले दिने वलि हत्या हो ।
तिम्रो पूजा ढोङ हो ।
अनि तिम्रो भाकल ,
काल्पनिक सौदाबाजी हो  ।

तिमी वास्तविकतादेखी भाग्छौ ।
जिन्दगीदेखी डराउछौ  ।
गुमाउछौ आत्मविश्वास,
कुनै बाबा वा धामको नाममा
चढाउछौ कालो धनको केही अंश
कहिल्यही नभेटिने भोलीको लागि

म
माफ्नो मेहेनेत र पसिना खान्छु ।
इमान र सदाचारमा जिउन खोज्छु ,
मलाई गर्नुछैन घृणा कसैको ,
गर्नुछैन हत्या ,
रच्नुछैन ढोङ,
पार्नुछैन स्वाङ,
पाल्नुछैन तृष्णा,
गर्नुछैन सौदाबाजी कसैसंग,
जिन्दगीसंग हार मानेर
अनि ....................
बन्नुछैन आध्यात्मिक
गर्नुछैन पुण्य ,
हुनुछैन आस्तिक ,
तिम्रै शब्दमा
म
नास्तिक

Comments


Comments

Popular posts from this blog

ऐंठे सिक्री !!

जागिरको सोह्र वर्ष, शहिद लखनको हप्ता

धौलागिरि